१.पृष्ठभूमि
भौगोलिक बनावट र हावापानी अनुसार ताजा तरकारीको उत्पादनमा बृद्धि गरी तरकारीको आयात
प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्ने, तरकारीको खपत बढाई पोषण स्थितिमा सुधार गर्ने र आम्दानीमा
बृद्धि गराई गरिवी न्यूनीकरण गर्ने उद्घेश्य पुर्तिको लागि कृषक समूह÷कृषक सहकारीबाट प्रस्तावित
प्रतिस्पर्धी व्यवसायिक बेमौसमी तरकारी उत्पादन पकेट कार्यक्रकोस्किम छनौट गरी व्यवसायिक रुपमा
बेमौसमी तरकारी उत्पादन गर्न यस कार्यक्रमलाई प्रस्ताव गरिएको छ । आ.ब. २०७०÷७१ मा यस
कार्यक्रमले १७ पहाडी जिल्लाहरुबाट प्रति जिल्ला ८ कृषक समूह÷कृषक सहकारी (प्रति समुह तथा
सहकारी बाट १०० रोपनी वा ५ हेक्टर) बाट प्रति जिल्ला ४० हेक्टरमा व्यवसायिक बेमौसमी तरकारी
खेती बृद्धि भई जम्मा ६८० हेक्टरमा थप तरकारी खेती हुने अनुमान गरिएको छ । यस कार्यक्रमको
लागि नेपाल सरकारको तर्पmबाट पहाडी जिल्लाका प्रति कृषक समूह÷कृषक सहकारीमा ५ हेक्टर
क्षेत्रफलका लागि रु. १,२०,००० सम्मको अनुदान दिने र कृषक समूह÷कृषक सहकारीको तर्पmबाट
कम्तीमा ५० प्रतिशत योगदान हुनु पर्ने छ ।
व्यबसायिक वेमौसमी तरकारी उत्पादन पकेट कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७०
Agriculture
