Agriculture

राष्टृिय खाद्य स्वच्छता नीति २०७६

Archive date: नेपाली · NepaliRecord 1679
१. पृष्ठभूमि नेपालमा खाद्य स्वच्छता एवम् गुणस्तर नियमन सम्बन्धी व्यवस्थाको संस्थागत प्रारम्भ २०१८ सालमा खाद्य विभागको स्थापनासंगै भएको देखिन्छ । २०२३ सालमा खाद्य ऐन र २०२७ सालमा खाद्य नियमावली तर्जुमा भई लागू भएपश्चात् कानुनी रूपमा खाद्य स्वच्छता तथा गुणस्तर नियमन कार्यको थालनी भएको पाईन्छ । खाद्य कानुन जारी हुंदा पहिले काठमाडौं उपत्यकाका केही स्थानबाट खाद्य स्वच्छता एवम्गुणस्तरको नियमन कार्य सुरु भई २०५७ साल आषाढ २६ देखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका रूपमा देशका ७५ वटै जिल्लामा खाद्य ऐन–नियमावली अनुसार खाद्य स्वच्छता तथा गुणस्तर नियमन सम्बन्धी विविध क्रियाकलापहरू सञ्चालन गर्दै उपभोक्ताहरूको हक हितको संरक्षण गर्ने कार्य हुंदै आएको छ । राष्टृिय खाद्य स्वच्छता नीति २०७६