Agriculture

विज्ञान-तथा-प्रविधि-नीति २०६१

Archive date: नेपाली · NepaliRecord 1720
१. पृष्ठभूमि विज्ञान तथा प्रविधिले हरेक मुलुकको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने कुरा निर्विवादछ । तर नेपालमा यसको पर्याप्त विकास एवं उपयोग हुनसकेको छैन । यसर्थ राष्ट्रिय रअन्तर्राष्ट्रिय क्षेत्रमा उपलब्ध ज्ञान, विज्ञान र प्रविधिको विकास तथा समयोचित उपयोगबाटप्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै देशको सर्वतोमुखी विकासमा प्रभावकारी योगदान पु¥याउन अपरिहार्य भएको छ ।सर्वाङ्गीण विकासको राष्ट्रिय संकल्प समयसापेक्ष नीति र योजना विना पूरा गर्न सकिन्न । विकासको खाँचो टार्न आवश्यक प्रविधि ग्रहण गर्न सकिन्छ र वैज्ञानिक तथा प्राविधिज्ञहरूको उत्पादन तीब्र पार्न सकिन्छ, तर ग्रहण गरिएका विज्ञान प्रविधिको यथोचित प्रतिस्थापन, प्रवद्र्धनका लागि मौलिक सिर्जनशीलतामा निरन्तर वृद्धि नै सफलताको मूल आधार भएको स्पष्ट हुन आएको छ । विज्ञान-तथा-प्रविधि-नीति २०६१