Agriculture

कृषि यान्त्रिकरण प्रवर्द्धन नीति, २०७१

Archive date: नेपाली · NepaliRecord 1723
१. परिचय अदुवा नेपालवाट निर्यात हुने प्रमुख कृषिजन्य उपज मध्ये एक हो । आ.व. ०६९÷७० मा करीव रु.५०,७५,९०,००० मूल्य वरावरको २३९४१ मे.टन अदुवा तथा अदुवाको सुठो भारत लगायत अन्य बंगलादेश, चीन, जापान लगायतका मुलुकहरुमा निर्यात भएको थियो । यसै गरी चीन र थाईल्याण्डबाट रु.१८,१३,६६,००० मूल्य बराबरको ३७५२ मे.टन अदुवा आयात भएको थियो । नेपालमा पूर्व देखि पश्चिम सम्मका मध्य पहाडी एवं तराईका जिल्लाहरुमा अदुवाको व्यावसायिक खेती भइरहेको छ । इलाम, भोजपुर, तेह्रथुम, मकवानपुर, सिन्धुपाल्चोक, धादिङ्ग, नवलपरासी, पाल्पा, तनहुँ, कास्की, सल्यान, दाङ्ग, प्यूठान, कैलाली, डोटी आदि अदुवा उत्पादन हुने प्रमुख जिल्लाहरु हुन् । यी जिल्लाहरुमा विगत केही वर्षदेखि व्यावसायिक अदुवा उत्पादन भइरहेको छ र उत्पादित अदुवा संकलन भई आन्तरिक तथा वाह्य वजारको माग अनुसार आपूर्ती हुने गरेको छ । अदुवाको उत्पादन, संकलन, प्रशोधन एवं वजार व्यवस्थापनमा विभिन्न कृषक समूह तथा सहकारीहरु संलग्न रहेका छन् । तथापि नेपाली अदुवाको मूल्य र वजार विशेष गरी भारतको उत्पादन र मागमा भर पर्ने भएकोले यसको माग र मूल्य अस्थिर हुने र किसानहरुले उचित मूल्य नपाउने समस्या देखिएको छ । अर्कोतर्पm नेपालमा उत्पादित अदुवाले उचित प्रशोधनकोअभावमा आशातित मूल्य प्राप्त गर्न नसकेकोअवस्था रहेको छ । तसर्थ नेपालमा उत्पादित अदुवाको उचित प्रशोधन गरी मूल्यअभिवृद्धि गर्ने र वजार व्यवस्थापन गर्ने उद्देश्यले आ.व. ०७०÷७१ देखि अदुवा प्रवद्र्धन कार्यक्रम संचालन गरिनेछ । उक्त कार्यक्रम अन्र्तगत अदुवा प्रशोधन गर्ने मेशीनरी उपकरण सहितको प्रशोधनस्थल निर्माण, कृषक समूह तथा सहकारीमा अदुवा प्रशोधन गर्ने मेशीनरी उपकरणहरु वितरण, अदुवाको वीउ भण्डारण गर्ने सेलार स्टोर निर्माण, अगुवा कृषक तालिम जस्ता कार्यक्रमहरु संचालन गरिनेछ । कृषि यान्त्रिकरण प्रवर्द्धन नीति, २०७१