१. पृष्ठभूमी
भौगोलिक परिवेश, जलवायु, उपलब्ध स्रोत साधन र संभावनाको आधारमा दिगो र व्यवस्थित पुष्प तथा पुष्पजन्य बस्तुको उत्पादन तथा व्यवसायिकरणको लागि पुष्प प्रवद्र्धन नीति अति आवश्यक महशुस गरिएको छ । यस नीतिको कार्यान्वयनबाट निजी क्षेत्रको सहभागिता अभिबृद्धि भई रोजगारीको अवसर सृजना हुने र आय आर्जनको साथै बैदेशिक मुद्रा समेत आर्जन हुने हुन्छ । पुष्प तथा पुष्पजन्य बस्तुको विकास तथा प्रवद्र्धन गर्न सकेमा राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्नुको साथै गरीवी न्यूनीकरणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
पुष्प प्रवर्द्धन नीति, २०६९
Agriculture
