१. पृष्ठभूमीः
प्राकृतिक चरन क्षेत्र, घाँसे मैदान एवं झाडी वुट्यान क्षेत्र समेटिएको ‘खर्क’ उपयोगको इतिहास मानव सृष्टि र सभ्यताको विकास संग जोडिएको छ । खर्क स्थानीय समुदायको जिविकोपार्जन, राष्ट्रको आर्थिक विकासको आधार स्तम्भ र जैविक विविधताको भण्डार पनि हो । नेपालको कुल भू—भागको करिब २२.६ % क्षेत्रफल खर्क क्षेत्रले ओगटेको छ । जुन उच्च, मध्य र तल्लो पहाडी भागमा छरिएर रहेको छ । जडीवुटी, वन्यजन्तुको वासस्थान, घरपालुवा जनावरहरुको जीवन धान्ने श्रोत, नदीनालाको पानीको श्रोत, मनोरम भू–दृश्यहरुका साथै वैज्ञानिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका यस्ता क्षेत्रहरु अनादिकाल देखिनै मानव जीवनयापनको अभिन्न अंशको रुपमा रहेका छन् । गाँउ बस्तीबाट टाढा उच्च, मध्य र तल्लो पहाडको चुरेक्षेत्रको आसपासमा रहेका यस्ता खर्क र यिनमा आश्रित स्थानीय समुदायको खस्किदो अबस्थालाई दृष्टिगत गर्दै खर्कहरुको वैज्ञानिक व्यवस्थापन, संरक्षण र उपयोग गरी दिगो विकास गर्नु अपरिहार्य भएकोले यो खर्क नीति २०६८ खर्क नीति २०६८ खर्क नीति २०६८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।
खर्क नीति, २०६८
Agriculture
