Agriculture

पन्छीपालन नीति, २०६८

Archive date: नेपाली · NepaliRecord 1735
१.पृष्ठभूमिः पन्छीपालन व्यवसाय विगत तीन दशक देखि व्यवसायिकरण तर्फ उन्मुख हुदै गइरहेको छ । यस व्यवसायले खास गरी यातायात, विद्युत, बजार जस्ता पूर्वाधार विकास भएका क्षेत्रहरुमा उद्योगको रुप लिई सकेको छ । बदलिदो आहार विहार, बढ्दो शहरीकरण एवं बढ्दो पौष्टिक खाद्य पदार्थहरुको उपभोग आदि कारणले पन्छीजन्य पदार्थहरुको उपभोगमा क्रमिक रुपले वृद्धि भईरहेको हुंदा स्थानीय वजारमा यसको माग दिनानुदिन बढ्दोछ । यस व्यवसायबाट पन्छीजन्य पदार्थहरुको आयात प्रतिस्थापन मात्र नभई क्षेत्रीय र विश्व बजारसंग प्रतिस्पर्धा गरी राष्ट्रिय आयमा वृद्धि गर्न सकिने प्रवल सम्भावना रहेकोछ । यस व्यवसायलाई दिशानिर्देश गर्न तथा औद्योगिकरण तर्फ दिगो गति दिनको लागि ठोस नीतिको आवश्यकता महसुस गरी राष्ट्रिय कृषि नीति, ३०६८ र कृषि ब्यवसाय प्रबद्र्धन नीति, २०६८ को परिधि भित्र रही नेपालसरकारले “पन्छीपालन नीति, २०६८ जारी गरेको छ । पन्छीपालन नीति, २०६८