Agriculture

कृषि व्यवसाय प्रवर्द्धन नीति, २०६३

Archive date: नेपाली · NepaliRecord 1738
१ पृष्ठभूमिः निर्वाहमुखी तथा छरिएर रहेको कृषि उत्पादन प्रणालीलाई आधुनिक, सघन, प्रतिस्पर्धी एवं व्यवसायमुखी बनाउन आवश्यक भएको छ । कृषिजन्य वस्तुहरुले सुनिश्चित वजार पाउन नसक्नाले कृषि उत्पादन र उत्पादकत्व अपेक्षित रुपमा वृद्धि हुन सकिरहेको छैन । कृषि व्यवसाय प्रवद्र्धन गर्न कठिन भएको सन्दर्भमा प्रभावकारी वजार व्यवस्थापन प्रणालीको विकासबाट विश्व वजारका अवसरहरुको उपयोग गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन राष्ट्र्रिय कृषि नीति, २०६१ को ूव्यावसायिक तथा प्रतिस्पर्धात्मक कृषि प्रणालीका आधारहरूको विकास गरी क्षेत्रीय र विश्व बजारसँग प्रतिस्पर्धात्मक बनाउनेू उद्देश्य अनुरुप कृषि व्यवसाय प्रवद्र्धन कार्यलाई गति प्रदान गर्न कृषि व्यवसाय प्रवद्र्धन नीति, २०६३ लागू गरिएको छ । कृषि व्यवसाय प्रवर्द्धन नीति, २०६३