१. परिचय
उखु नेपालको एक प्रमुख नगदे बाली हो । नेपालमा उखु खेतीको सुरुवात परापूर्व काल देखि हुँदै आएको अनुमान व्यवस्था गरिन्छ र यसको सांस्कृतिक महत्व पनि रही आएको छ । नेपालमा मुख्यतया चिनी, सख्खर, गुड, भेली, खुदो, जुस आदि वस्तुहरु उत्पादनको लागि उखुको प्रयोग हुने गर्दछ । तराईका विभिन्न जिल्लामा व्यवसायिक रुपमा उखु खेती गरिदै आएको भएतापनि नेपालका विभिन्न पहाडी जिल्लाहरुमा समेत घरायसी प्रयोगको लागि थोरै परिमाणमा उखु खेती गरिने प्रचलन रहेको छ । उपभोक्ताहरुले दैनिक उपभोग व्यवस्था चिनी उत्पादन गर्नको लागि मुख्य कच्चा पदार्थ उखु नै हो । अन्य बालीको तुलनामा उत्पादन लागत कम लाग्ने खेतबारीमा कम हेरचाह गर्दा पनि उत्पादन राम्रो हुने खुटी बालीको रुपमा दोस्रो वर्ष पनि उत्पादन हुने र अन्य रोग कीराको प्रकोप पनि न्यून हुने हुनाले उखु बाली कृषकहरु माझ लोकप्रिय छ । धेरै जसो मुलुकमा चिनी उत्पादनको प्रमुख कच्चा पदार्थ उखु हो । विभिन्न युरोपियन मुलुकमा चुकन्दरबाट पनि चिनी उत्पादन गरिन्छ । संसारको कूल चिनी
उत्पादन मध्ये ६० प्रतिशत भन्दा बढी उखुबाट र बाँकी चुकन्दरबाट गरिन्छ । नेपालमा उखु खेती चिनी मिलको विस्तारसँगै बढ्दै गई रहेको छ । नेपालको तराई क्षेत्रमा यसको खेती बढी हुने गरेको छ । उखुको व्यवसायिक खेती विस्तारै पहाडका केही जिल्ला जस्तैः कास्की, गुल्मीमा पनि विस्तार भई रहेको छ ।
Agriculture
