विमानस्थल दस्तुर नियमावली, २०३८ खारेज गर्ने नियमावली,
२०६७
नेपाल राजपत्रमा प्रकाशित मिति
२०६७।५।१४
गैर सैनिक हवाई उडान (सिभिल एभिएशन) ऐन, २०१५ को दफा ३ ले
दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “विमानस्थल दस्तुर
नियमावली, २०३८ खारेज गर्ने नियमावली, २०६७ रहेको छ ।”
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. खारेजीः विमानस्थल दस्तुर नियमावली, २०३८ खारेज गरिएको छ ।
Civil Aviation
