नेपाल प्रज्ञा प्रतिष्ठान सम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः नेपाल एउटा बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक मुलुक भएकोले नेपालका सबै भाषा, साहित्य तथा संस्कृतिलाई संरक्षण र सम्बद्र्धन र विकास गर्नु पर्ने कुरालाई हृदयङ्गम गर्दै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रको अनुसन्धान एवं मौलिक सृजनाका माध्यमद्वारा समाजोपयोगी कृतिहरू तयार गर्न, गराउन र यस क्षेत्रका बिद्वान तथा प्रतिभाहरूको सम्मान र कदर गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न प्रज्ञा प्रतिष्ठान सम्बन्धी प्रचलित कानुनी व्यवस्थामा समयानुकूल संशोधन तथा एकीकरण गर्न वाञ्छनीय भएकोले, व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४Tourism
