Tourism

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन, २०५५

Archive date: नेपाली · NepaliRecord 1900
सशोधन गर्ने ऐन                                                                               प्रमाणीकरण र प्रकाशन मिति गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून सशोधन गर्ने ऐन,                   २०६६– २०६६।१०।७ केही नेपाल ऐन संशोधन गर्ने ऐन,                                                           २०७२ २०७२।११।१३

२०५५ सालको ऐन नं. ५

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को स्थापना र व्यवस्था गर्न बनेको ऐन

प्रस्तावना जनकपुर र यसको माध्यमिकी (पंचकोशी) परिक्रमा क्षेत्रभित्रको धार्मिक,ऐतिहासिक र पुरातात्विक महत्वका मठ, मन्दिर, सरोवर र स्थलहरूको सुरक्षा, सम्भार र विकास गर्ने तथा बृहत्तर जनकपुर क्षेत्रको सामाजिक, आर्थिक र साँस्कृतिक विकासका पूर्वाधारहरू विकसित गर्दै सुव्यवस्थित तीर्थस्थल एवं धार्मिक क्षेत्रको रूपमा योजनाबद्ध ढंगले विकास गर्न बृहत्तर जनकपुर क्षत्र विकास परिषद्को स्थापना र व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको सत्ताईसौं वर्षमा संसदले यो ऐन बनाइएको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन, २०५५