मन्तव्य
नेपाली जनताको वलिदान, इतिहासका विभिन्न समयमा भएका जनक्रान्ति, जनआन्दोलन जनयुद्ध एवं सामुदायिक तथा पेशागत आन्दोलनसमेतको जगमा नेपाली जनताद्वारा निर्वाचित संविधानसभामार्फत लोकतन्त्रका सम्पूर्ण राष्ट्रिय–अन्तर्राष्ट्रिय सिद्धान्तहरू, मूल्य–मान्यता, प्रचलन र अभ्यासलाई आत्मसात गरि समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थासहित नयाँ संविधान जारी गरियो । सरकार गठन भए संगै पुराना विसंगतिहरूलाई सच्याउदै नयाँ आर्थिक एवं सामाजिक सम्बृद्धिको मार्ग निर्माण गर्ने जिम्मेवारी पनि यहि सरकारलाई प्राप्त भयो । यहि यथार्थलाई आत्मसात गर्दै वर्तमान सरकार “सम्बृद्ध नेपाल सुखी नेपालीको”को आकांक्षालाई साकार पार्ने गरि अगाडी बढिरहेको छ ।
