Culture / Tourism

राष्ट्रिय संस्कृति नीति, २०६७

Archive date: नेपाली · NepaliRecord 1929
१. पृष्ठभूमि १.१ संस्कृतिको अर्थ विवेकशील मानव जातिले आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरी निर्माण वा रचना गरेका यावत सिर्जना अनुरूपको जीवनशैली नै मानव– संस्कृति हो । मानवले निर्माण वा रचना गरेका सिर्जनाहरू भौतिक र अभौतिक गरी दुई किसिमका हुन्छन् । दुवै किसिमका सिर्जनाहरूलाई संस्कृतिका रूपमा सम्बोधन गर्ने गरिन्छ । कुनै दर्शन वा चिन्तनका अनुयायीहरूले सो दर्शन वा चिन्तन अनुरूप सिर्जना तथा अवलम्वन गरेका कुराहरूलाई तत्तत् दर्शन एवं चिन्तन नै संस्कृतिको रूपमा उल्लेख गर्ने प्रचलन छ । उदाहरणको रूपमा हिन्दू संस्कृति, बौद्ध संस्कृति, ईस्लाम संस्कृति आदि आदि । राष्ट्रिय संस्कृति नीति, २०६७