अन्तर्राष्ट्रिय विकास एसोसिएशनको स्थापना र सञ्चालनको निमित्त अन्तर्राष्ट्रिय सम्झौताहरु स्वीकार गरी नेपालले उक्त एसोसिएशनले सदस्य हुन पाउने गर्नको निमित्त बनेको ऐन
प्रस्तावनाः अन्तर्राष्ट्रिय विकास एसोसिएशनको यस ऐनको अनुसूची–१ मा उल्लेख भएका शर्तहरुमा नेपाललाई अन्तर्राष्ट्रिय विकास एसोसिएशनको सदस्य बनाउन सकिने भनी शर्तहरु तोकेको, र माथि लेखिए बमोजिमका शर्तहरु पूरा गर्नका लागि यसपछि लेखिएका कुराहरुको व्यवस्था गर्न आवश्यक भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाइबक्सेको छ ।
अन्तर्राष्ट्रिय-विकास-एसोसिएशनको-सदस्यता-प्राप्त-गर्ने-ऐन-२०१९
Law
