Law / Communication

छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८

Archive date: नेपाली · NepaliRecord 2114
प्रस्तावनाः विभिन्न वर्ग र क्षेत्रका जनताबीच सुसम्बन्ध, सदाचार, शिष्टाचार एवं नैतिकता कायम राख्न र देशको पत्रकारिता क्षेत्रले अभिव्यक्तिको स्वतन्त्रतालाई मर्यादित एवं जिम्मेवारीपूर्ण तवरले स्वतन्त्र र निर्भीक भई उपभोग गर्न सक्ने वातावरण सृजना गर्नको लागि छापाखाना र प्रकाशन सम्बन्धमा समयानुकूल कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२९ बमोजिम मन्त्रिपरिषद्को सल्लाह र सम्मतिले यो ऐन बनाईबक्सेको छ । छापाखाना-तथा-प्रकाशन-सम्बन्धी-ऐन-२०४८