Law

नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३

Archive date: नेपाली · NepaliRecord 2272
प्रस्तावनाः नेपालमा संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष उपलब्धिहरूलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र सम्बद्र्धन गर्न, परम्परागत धर्म र नैतिक मान्यता, सदाचार र सच्चरित्रताको परिपालना गर्दै नेपाललाई संस्कृत विद्याको ज्ञान र प्रेरणा प्राप्त गर्ने केन्द्रको रूपमा विकास गर्न, र नेपाल राज्यमा अति प्राचिन कालदेखि नै संस्कृत विद्याको गौरवमय परम्परा रहंदै आएको र त्यसलाई निरन्तरता दिनको लागि एक विश्वविद्यालय स्थापना गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाईबक्सेकोछ । नेपाल-संस्कृत-विश्वविद्यालय-ऐन-२०४३