प्रस्तावनाः उच्च शिक्षामा निजी क्षेत्रको सहभागितामा अधिकाधिक बृद्धि गरी कला, विज्ञान, व्यवस्थापन, कानून, शिक्षा, प्राविधिक तथा अन्य व्यावसायिक विषयमा
गुणात्मक एवं स्तरयुक्त उच्च शिक्षाको अवसर सबै क्षेत्रका सर्वसाधारणलाई सर्वसुलभ रुपमा उपलब्ध गराई राष्ट्रिय विकासमा दक्ष जनशक्तिको आपूर्तिलाई सुनिश्चित
तुल्याउन र प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्दै देशको शैक्षिक एवं प्राज्ञिक वातावरणलाई बढी स्वच्छ, मर्यादित र उपलब्धिमूलक तुल्याउन
पोखरा विश्वविद्यालयको स्थापना र सञ्चालन गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पच्चीसौं वर्षमा संसदले यो ऐन बनाएकोछ ।
पोखरा-विश्वविद्यालय-ऐन-२०५३
Law
