Law

बिर्ता उन्मूलन ऐन, २०१६

Archive date: नेपाली · NepaliRecord 2376
प्रस्तावनाः नेपालका विभिन्न वर्गका जनतामा समानताको भावना र स्थिति उत्पन्न गराई सुसम्बन्ध कायम राख्नको लागि र नेपाल तथा नेपालका जनताको सुविधा तथा आर्थिक हितलाई कायम र सुदृढ पारी सुविधा गराउने पवित्र उद्देश्यले राज्य कर नतिरी जग्गा जमीन भोग गर्ने सामन्त प्रथालाई अन्त गर्नु वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पाँचौं वर्षमा संसदले यो ऐन बनाएको छ । बिर्ता-उन्मूलन-ऐन-२०१६