Law

ब्रेटन उड्स सम्झौता ऐन, २०१८

Archive date: नेपाली · NepaliRecord 2391
प्रस्तावनाः जुलाई १९४४ मा संयुक्त राज्य अमेरिकाको न्यू हेम्पशायर, ब्रेटन उड्समा भएको संयुक्त राष्ट्र द्रव्य र आर्थिक सम्मेलनमा गरिएको सम्झौता अनुसार अन्तर्राष्ट्रिय द्रव्य कोष र अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैड्ढ स्थापित भएको र, अन्तर्राष्ट्रिय द्रव्य कोष र अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैड्ढले यस ऐनको अनुसूची १ र २ मा उल्लेख भएका शर्तहरुमा नेपाललाई अन्तर्राष्ट्रिय द्रव्य कोष र अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैड्ढको सदस्य बनाउन सकिने भनी शर्तहरु तोकेको र, माथि लेखिए बमोजिमका शर्तहरु पूरा गर्नका लागि यसपछि लेखिएका कुराहरुको व्यवस्था गर्नु आवश्यक भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाइबक्सेकोछ । ब्रेटन-उड्स-सम्झौता-ऐन-२०१८