Law

राप्तीदून विकास क्षेत्रको जमीनको (बिक्री वितरण) व्यवस्था ऐन, २०२४

Archive date: नेपाली · NepaliRecord 2487
प्रस्तावनाः प्रादेशिक विकास योजनाहरु (कार्यान्वित गर्ने) ऐन, २०१३ अन्तर्गत प्रादेशिक विकास योजना (राप्तीदूनको जमीन वितरण) नियम, २०१३ बमोजिम बिक्री वितरण भएको जमीन बिक्री वितरणमा पाउनेहरुको अधिकारमा नरही जग्गा अरु नै व्यक्तिहरुको हातमा पर्न गएकोले सर्वसाधारण जनताको सुविधा र आर्थिक हित कायम राख्न त्यस्ता जग्गालाई न्यायोचित रुपले बिक्री वितरण गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ । राप्तीदून-विकास-क्षेत्रको-जमीनको-बिक्री-वितरण-व्यवस्था-ऐन-२०२४