प्रस्तावनाः सर्वसाधारण जनताको सुविधा कायम राख्न नेपाल भित्रका र विदेशका समेत निष्पक्ष एवं अधिकारिक समाचार तथा सूचना देशवासी तथा विदेशीले पनि जानकारी पाउन र नेपालमा एकताको भावनाको वृद्धिको साथै ठोस जनमतको सृजनामा मद्दत हवस्भन्ने हेतुले देश तथा विदेशमा पूर्ण तथा वास्तविक समाचार एवं सूचनाको खोजी गरी प्राप्त भएका समाचार र सूचना प्रयोगकर्ताहरुमा वितरण गर्नको साथै समाचारहरुको समुचित आदान प्रदान समेत गर्न एक राष्ट्रव्यापी राष्ट्रिय समाचार समितिको गठन र त्यसको स्वस्थ एवं मजवूत जग बसाल्न व्यवस्था गर्नु वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाईबक्सेको छ ।
राष्ट्रिय-समाचार-समिति-ऐन-२०१९
Law
