प्रस्तावनाः सर्वसाधारणको जीउ, ज्यान तथा सम्पत्तिको सुरक्षा गरी शान्ति र सुव्यवस्था कायम गर्न, मुलुकमा कानून र व्यवस्था कायम गर्नका लागि सङ्गठित अपराधलाई निवारण गर्न, विशेष प्रविधि अपनाई त्यस्तो अपराधको अनसुन्धान गर्न र सङ्गठित अपराधबाट पीडित तथा साक्षीको संरक्षण गर्ने लगायत सो स“ग सम्बन्धित अन्य विषयमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ बमोजिम व्यवस्थापिका–संसदको हैसियतमा संविधानसभाले यो ऐन बनाएको छ ।
सङ्गठित-अपराध-निवारण-ऐन-२०७०
Law
