प्रस्तावनाः नेपालका शहरी क्षेत्रमा अत्यधिक जनसङ्ख्याको चापको कारण जग्गाको मूल्यमा वृद्धि हुन गई शहरवासीहरु आवास सुविधाबाट बञ्चित हुने अवस्था
भएकोले संयुक्त आवासको विकास गरी सुपथ आवास इकाईहरु सुलभ ढ∙बाट बिक्री वितरण गरी विद्यमान आवास समस्यालाई निराकरण तथा व्यवस्थित बसोवासको
व्यवस्था गर्न र त्यस्ता आवास इकाईका धनीहरुको अधिकार तथा दायित्व सम्बन्धी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको छब्बीसौं वर्षमा संसदले यो ऐन बनाएकोछ ।
संयुक्त-आवासको-स्वामित्व-सम्बन्धी-ऐन-२०५४
Law
