Home Affairs

सदाचार संहिता,२०७५

Archive date: नेपाली · NepaliRecord 2809
सार्वजनिक प्रशासनलाई थप प्रभावकारी बनाउँदै उपलब्ध साधन, स्रोत र जनशक्तिबाट जनतालाई बढीभन्दा बढी सेवा प्रवाह गर्न, सुरक्षाको प्रभावकारिताद्वारा दण्डहीनताको अन्त्य गरी मानव अधिकारको रक्षा गर्न र स्थानीय प्रशासन ऐनको प्रभावकारी कार्यान्वयन गर्न गृह मन्त्रालय र अन्तर्गतका कर्मचारीहरुको आचरण र व्यवहारलाई व्यवस्थित गरी आफ्नो पदीय जिम्मेवारीप्रति अझ बढी उत्तरदायी एवं संवेदनशील बनाउने उद्देश्यले सदाचार संहिता तर्जुमा गरी कार्यान्वयनमा ल्याउन वाञ्छनीय भएकोले गृह प्रशासन सुधार कार्ययोजना, २०७४ को बुँदा नं. ६९ बमोजिम सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा २३ को उपदफा ३ र निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली २०६५ को नियम २७ ले दिएको अधिकार प्रयोग गरी गृह मन्त्रालयले यो पदीय वा पेशागत आचरण सम्बन्धी सदाचार संहिता बनाई लागू गरेको छ । कागजात डाउनलोड गर्नुहोस्