Commerce

औद्योगिक नीति, २०६७

Archive date: नेपाली · NepaliRecord 2816
पृष्ठभूमिः औद्योगिक क्षेत्रलाई बढावा दिने उद्देश्यसहित औद्योगिक नीति, २०४९ को निर्माण गरिएको थियो । तथापि, सो नीति लागू भएको लामो समयपश्चात् पनि हाम्रो औद्योगिक विकासको स्थितिमा उल्लेखनीय प्रगति हासिल हुन सकेको छैन । छिमेकी मुलुकलगायत विश्वमै तीव्र गतिका साथ औद्योगिक विकासले एकपछि अर्को फड्को मारिरहेको तर नेपालमा औद्योगिक विकासले अपेक्षाकृत गति लिन नसकिरहेको विद्यमान परिवेशमा विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै द्रुततर औद्योगिक विकासको माध्यमबाट मुलुकको समग्र आर्थिक, सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तन गर्ने अभिप्रायले समयानुकल नीतिगत सुधारसहित औद्योगिक नीति, २०६६ जारी गरिएको छ । यस नीतिका माध्यमबाट मुलुकमा औद्योगिक विकाससम्बन्धी क्रियाकलापहरूमा बढोत्तरी हुन जाने, व्यापक रूपमा रोजगारीका अवसरहरू सिर्जना हुने र जनताको आयस्तरमा बृद्धि हुन गई अन्ततोगत्वा मुलुकको अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान अग्रणी हुने अपेक्षा गरिएको छ । औदयगक-नत-२०६७-1