Commerce

आपूर्ति नीति, २०६९

Archive date: नेपाली · NepaliRecord 2819
१. पृष्ठभूमिः वस्तु तथा सेवाको माग र आपूर्ति बीचमा अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । वस्तु तथा सेवाको माग र आपूर्तिबीचको सन्तुलन प्रभावकारी तथा व्यवस्थित गर्न विगतमा भएका प्रयास तथा विद्यमान व्यवस्थाले समय सापेक्षरूपमा अपेक्षित प्रतिफल दिनसकेको छैन । एकातिर खुला र प्रतिस्पर्धात्मक अर्थतन्त्रमा आपूर्ति व्यवस्थापन क्षेत्र दिनानुदिन विस्तृत, जटिल र चुनौतीपूर्ण बन्दै गइरहेको छ भने अर्कोतिर समग्र आपूर्ति क्षेत्रको व्यवस्थापन, नियमन र प्रशासनको लागि हालसम्म एकीकृत नीतिगत व्यवस्था नभएकोले समन्वयात्मक ढङ्गले कार्यक्रम संचालन गर्न कठिनाई भइरहेको छ । यसै पृष्ठभूमिमा अन्तर्राष्ट्रिय सिद्धान्त तथा व्यवहारलाई दृष्टिगत गर्दै मुलुकको आपूर्ति प्रणाली तथा विद्यमान संरचनामा समयानुकूल परिवर्तन गरी विद्यमान परिवेशमा विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै देश र जनताको अपेक्षा अनुसार समष्टिगत सामाजिक, आर्थिक, व्यवसायिक तथा सार्वजनिक सेवा प्रवाहमा सकारात्मक तथा दिगो परिवर्तन गर्ने अभिप्रायले आपूर्ति नीति, २०६८ जारी गरिएको छ । यो नीतिले मुलुकको समग्र आपूर्ति क्षेत्रलाई उचित रूपमा व्यवस्थापन गर्न मार्ग निर्देशकको भूमिका खेल्ने अपेक्षा लिएको छ । यस नीतिकोमाध्यमबाट उपभोक्ताहरूलाई अत्यावश्यक वस्तु तथा सेवा कुनै अवरोधबिना स्वस्थ प्रतिस्पर्धाका आधारमा, पर्याप्त, सहज, सुलभ र गुणस्तरीय रूपमा उपलब्ध गराउने सम्बन्धमा नीतिगत तथा संस्थागत सुधार कार्यलाई अघि बढाउन आधार प्राप्त हुनुका साथै समष्टिगत आपूर्तिक्षेत्रको प्रशासन, व्यवस्थापन तथा नियमनको लागि दिशाबोध समेत हुने विश्वास राखिएकोछ । आपूर्ति नीति, २०६९