Commerce

नेपाल सरकारको नीति तथा कार्यक्रम ०७३।७४ मा उद्योग क्षेत्रको नीति

Archive date: नेपाली · NepaliRecord 2829
बुँदा नं। ११ व्यापारिक सम्बन्ध र कारोवारलाई विविकीकरण गर्दै आधारभूत बस्तु र सेवामा आत्मनिर्भरता तर्फ सरकार अघि बढ्नेछ । खासगरी खाद्य, औषधी र ऊर्जामा आत्मनिर्भर हुने बाटोबाट प्रस्थान गरी दीगो, स्वाधिन, आत्मनिर्भर र न्यायपूर्ण अर्थतन्त्र निर्माणतर्फ मूलुक अघि बढ्नेछ । बुँदा नं। १५ कृषि, पर्यटन, उद्योग तथा सेवा क्षेत्रको विस्तारसँगै पुनर्निर्माण एवं नवनिर्माणमा रोजगारीका अवसरहरु सिर्जना गरिनेछ । स्वदेशमा नै रोजगारी र स्वरोजगारीका पर्याप्त अवसर सिर्जना गरी रोजगारीका लागि बैदेशिक श्रम बजारमाथिको निर्भरता क्रमशः घटाइदै लगिनेछ । nepal_sarkarko_niti_tatha_karyakram2073-74 (1)