नेपाल नागरिक उड्डयन प्राधिकरणको स्थापना गर्न बनेको ऐन प्रस्तावना : नेपाल नागरिक उड्डयन ( सिभिल एभिएशन ) को विकास तथा विस्तार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको लागि हवाई उडान, हवाई सञ्चार, हवाई पथ प्रदर्शन ( एयर नेभिगेसन ) र हवाई परिवहन ( एयर ट्रान्सपोर्टेशन ) सेवाको सञ्चालन सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणको स्थापना र संचालनको लागि व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री 5 महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पच्चीसौं वर्षमा संसदले यो ऐन बनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३
Civil Aviation
