संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा एवं सम्बद्ध निकायहरुमा कर्मचारीको नियुक्ति, पदस्थापन, कार्यसम्पादन, सरुवा, काज तथा वैदेशिक मनोनयन गर्दा थप पारदर्शी एवं अनुमानयोग्य बनाउन आवश्यक छ । नागरिकलाई प्रवाह गरिने सेवामा उत्कृष्टता र लागत प्रभावकारिताको माध्यमबाट सुशासन, वितीय अनुशासन तथा भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरी प्रशासनलाई थप जनमुखी एवं नतिजामूलक बनाउन निजामती सेवा ऐन, २०४९ को दफा १५(२) तथा निजामती सेवा नियमावली २०५० को नियम ३४(ख) समेतलाई मध्यनजर गरी यस मन्त्रालय तथा अन्तर्गतका निकायहरुमा कार्यरत सबै कर्मचारीहरुलाई काम प्रति उत्तरदायी बनाई नतिजामुखी कार्य संस्कृति विकास गर्न आवश्यक भएकोले कर्मचारी व्यवस्थापनका उल्लिखित पक्षहरूलाई व्यवस्थित बनाउन यो निर्देशिका बनाइएको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Tourism / Civil Aviation
