नेपालमा कमैया प्रथाको अपचारिक अन्त्य गरी मुक्तकमैया हरूको पुनःस्थापन गर्ने कार्य भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गर्दै आएको छ । मुक्त कमैया परिवारलाई आर्थिकरूपले सक्षम बनाउन सोरोजगार उन्मुख सिपमुलक तथा आयमूलक तालिम प्रदान गर्ने कामहरु भएका छन् । पुनर्स्थापन र वृत्ति विकासका कामहरू चालु वर्षमा समेत सञ्चालन भइरहेको छ । विसं २०५७ श्रावण २ मा कमैया मुक्ति घोषणा भएपछि जारी भएको कमैया श्रम ( निषेध गर्ने ) सम्बन्धी ऐन, २०५८ देखि हालसम्म विभिन्न नीतिगत, कानुनी तथा कार्यविधिगत दस्तावेजहरू नै कमैया मुक्ति र पुनःस्थापनका मार्ग निर्देशकका रुपमा रहेका छन् । छरिएर रहेका यी नीतिगत व्यवस्था, नियम तथा कार्यविधिलाई संकलन गरी एकीकृत रुपमा अभिलेखन गरी पुनःस्थापन कार्यमा सहजता प्रदान गर्ने उद्देश्यले यो पुस्तिका प्रकाशन गरिएको छ । यसमा मूल दस्तावेज र सो मा भएको संशोधन समेत सिलसिलेवार ढङ्गबाट प्रस्तुत गरिएका छन् ।
KAMAIYA NITI NIYEM_1562303846
Law / Human Rights
