राष्ट्रिय भू-उपयोग नीति, २०६९ ले खाद्य सुरक्षाको सुनिश्चितताको लागि कृषियोग्य भूमिको संरक्षणलाई प्राथमिकता दिएको छ । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्प र तत्पश्चात्का परकम्पहरुले जोखिमरहित एवं सुरक्षित बसोबासको व्यवस्थापन गर्ने विषयलाई उजागर गरेको छ । साथै प्राकृतिक विपद्जन्य क्षेत्रहरूको पहिचान गरी ती क्षेत्रहरुमा निर्देशित क्रियाकलाप मात्र सञ्चालन गर्नुपर्ने चेतना पैदा गरेको छ । भौतिक पूर्वाधारहरूको विकास गर्दा भूकम्प लगायतका प्राकृतिक विपत र मानव सिर्जित जोखिमहरुको सम्भावनालाई समेत ध्यान दिनुपर्ने आवश्यकता महसुस भएको छ । यी सबै सम-सामयिक विषयहरुलाई दीर्घकालीन रुपमा सम्बोधन गर्न राष्ट्रिय भू-उपयोग नीति, २०६९ लाई पुनरावलोकन गरी भू-उपयोग नीति २०७२ तर्जुमा गरिएको छ ।
भूउपयोग नीति 2072_1542353460
Land
