Communication / Information Technology

स्थानीय तहको सरकारबाट सम्पादन हुने एफ.एम. रेडियो (व्यवस्थापन तथा सञ्चालन) नमुना कार्यविधि, २०७५

Archive date: नेपाली · NepaliRecord 3659
प्रस्तावना: नेपालको संविधान, २०७२ को अनुसूची-८ मा स्थानीय तहको अधिकारको सूचीमा स्थानीय तहले एफ.एम. सञ्चालन गर्ने विशेष समेत रहेकोले स्थानीय तहले सूचना तथा संचारसँग सम्बन्धित राष्ट्रिय प्रसारण ऐन, २०४९, राष्ट्रिय प्रसारण नियमावली, २०५२, रेडियो ऐन, २०१४, रेडियो संचार (लाइसेन्स) नियमावली, २०५२ संशोधन सहितका ऐन/नियमहरूको यथावत् वा आ-आफ्नो सभाबाट परिमार्जन पारित गराई परिपालना गर्नेगरी एफएम रेडियो सञ्चालनको लागि इजाजत, नवीकरण र नियमन गर्ने सम्बन्धमा कार्यविधि तयार गर्न वाञ्छनीय भएकोले, गाउँसभा/नगरसभाले नेपालको संविधानको धारा २२६(१) बमोजिम यो कार्यविधि बनाई लागू गरेको छ । sthaniya tah