नेपालमा पनि ज्ञान, सीप र दक्षताको प्रवर्द्धन गर्दै उद्योग व्यवसायमैत्री वातावारण सिर्जना, विदेशी लगानी अभिवृद्धि, रोजगारीका अवसरहरूको सिर्जना र प्रविधि हस्तान्तरणको माध्यमबाट आर्थिक, सामाजिक रुपान्तरण गर्नका लागि वौद्धिक सम्पत्तिको विकास, संरक्षण र कार्यान्वयन गर्न प्रभावकारी नीतिगत, कानुनी, संस्थागत र प्रक्रियागत व्यवस्था गर्नु अपरिहार्य हुँदै गएको छ । राष्ट्रिय हित र संस्थाहरूको अधिकारलाई संरक्षण गर्दै द्धिपक्षीय, क्षेत्रीय, बहुपक्षीय र अन्तराष्ट्रिय सन्धि सम्झौताको पालनाको लागि वौद्धिक सम्पत्ति नीति तथा कानुनहरु अद्यावधिक गर्नुपर्ने हुँदा नेपालले वौद्धिक सम्पत्तिको अवधारणालाई संवैधानिक रूपमै अंगिकार गरेको छ । यसै अनुरुप वौद्धिक सम्पत्तिलाई राष्ट्रिय प्राथमिकतामा राखी मुलुकको समग्र विकास नीतिको अभिन्न अंगको रुपमा यो राष्ट्रिय वौद्धिक सम्पत्ति नीति तर्जुमा गरिएको छ ।
IP policy 2073
Industries
