Home Affairs

मानव अधिकारकर्मी सुरक्षा र संरक्षण गर्ने सम्बन्धी आदेश, २०७७

Archive date: नेपाली · NepaliRecord 3771
प्रस्तावना : मानव अधिकारकर्मीहरुले मानव अधिकार संरक्षणको कार्य गर्दा भोग्नुपर्ने जोखिमको अन्त्य गर्न, मानवअधिकार हननको विषयमा कुनै सूचना वा समाचार संकलन गर्दा हुन सक्ने आक्रमण तथा हत्या सम्बन्धमा कुनै सूचना वा समाचार संकलन गर्दा हुन सक्ने आक्रमण तथा हत्या सम्बन्धमा तुरुन्त कानुनी कारबाही चलाई त्यस्ता अपराधमा संलग्नलाई कानुन बमोजिमको कारबाही गर्न र पीडित मानवअधिकारकर्मी वा निजका परिवारका सदस्यलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन तथा मानव अधिकारकर्मीहरु उपर आउन सक्ने धम्की वा शारीरिक, मानसिक वा आर्थिक क्षतिलाई रोक्न संयुक्त राष्ट्रसंघीय महासभा द्वारा सन १९९८ मा पारित मानवअधिकार रक्षकहरूको घोषणापत्र लगायतका अन्तर्राष्ट्रिय महासन्धि अनुरुप मानव अधिकारकर्मीहरूको सुरक्षा र संरक्षण गर्न नेपाल सरकार (कार्य विभाजन) नियमावली २०७४ बमोजिम नेपाल सरकार, गृह मन्त्रालयबाट यो आदेश बनाई लागू गरिएको छ । कागजात डाउनलोड गर्नुहोस्