Health

राष्ट्रिय स्वास्थ्य प्रयोगशाला नीति

Archive date: नेपाली · NepaliRecord 3794
स्वास्थ्य उपचार सेवालाई सुदृढ तुल्याउन र स्वास्थ्य सेवा प्रणालीलाई स्थानीयस्तरमा सहजरुपले उपलब्ध तथा प्रभावकारी वनाउँदै वहुसंख्यक नागरिकको स्वास्थ्यस्तरमा सुधार ल्याउनको लागि स्वास्थ्य प्रयोगशालाहरुको महत्वपूर्ण भूमिका रहेकोस विकासको सहस्राब्दी लक्ष्य तथा सार्कको विकास लक्ष्य प्राप्तीको लागि र हाल प्रार्दुभाव भएका तथा पुनःप्रार्दुभाव हुने -Emerging and Re-emerging) रोगको पहिचान गरी राष्ट्रिय रोग नियन्त्रण कार्यक्रमका लक्ष्यहरु हासील गर्न आवश्यक भएकोस जनस्वास्थ्य एवं चिकित्सकीय (Clinical) सेवासंग सम्बन्धित कार्यहरु जस्तै रोगको खोजपडताल, निदान, रोकथाम, उपचार, अनुसन्धान र स्वास्थ्य प्रवद्र्धनका कार्यहरु प्रभावकारी तथा सर्ब सुलभरुपमा कार्यान्वयनका लागि विश्वसनीय प्रयोगशाला सेवा उपलव्ध गराउनु पर्ने भएको र स्वास्थ्यसंग सम्बन्धित अधिकांश निर्णयहरु प्रयोगशालाका नतिजामा भर पर्ने हँुदा प्रयोगशालाको महत्वलाई आत्मसात गर्दै नेपालमा स्वास्थ्य प्रयोगशालालाई समयसापेक्ष विश्वसनीय र गुणस्तरीय बनाउदै स्थानीय स्वास्थ्य संस्थासम्म प्रयोगशाला सेवाको पहुँच बढाउन यो नीति तर्जुमा गरिएको छ । यो नीति नेपाल सरकार मन्त्री परिषद्को निर्णयज्ञ अनुसार लागु भएको छ । National Health Laboratory Policy-2069,