नागरिक राहत,क्षतिपूर्ति तथा आर्थिक सहायता सम्वन्धी कार्यविधि (दोश्रो संशोधन), २०७३ को दफा १३ मा रहेको विपन्न नागरिकलाई औषधि उपचार वापत आर्थिक सहायता उपलव्ध गराउन नेपाल सरकारले स्वास्थ्य मन्त्रालय अन्तरगत एक छुट्टै कोष स्थापना गर्न सक्ने उल्लेख भएको हँुदा कोष गठन तथा संचालन गर्न वान्छनीय भएकोले नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले यो निर्देशिका वनाई लागू गरेको छ ।
विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका (दोश्रो संसोधन)_ २०७३
Health
