Environment

राष्ट्रिय वातावरण नीति, २०७६

Archive date: नेपाली · NepaliRecord 3819
वातावरण संरक्षण बहुआयामिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय रहेको हुँदा नेपालले वातावरण सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा प्रतिबद्धता जोहोर गरेको छ । दिगो विकासको अवधारणा अनुरूप वर्तमान र अन्तरपुस्ता समन्यायका लागि वातावारणीय स्रोत माथि न्यायोचित पहुँच र तिनको बुद्धिमतापूर्ण उपयोगको प्रत्याभूत गर्नु राज्यको दायित्व हुन्छ । यसका लागि तीनै तहका सरकार, नागरिक समाज, समुदाय, निजी क्षेत्र र व्यक्ति व्यक्तिबीच आपसी समन्वय र सहकार्यको आवश्यकताको पृष्ठभूमिमा राष्ट्रिय वातावरण नीति, २०७६ तर्जुमा गरिएको छ । National Environment Policy_1563366482