राष्ट्रिय सिमसार नीति, २०६९ ले सिमसार संरक्षण तथा सिमसारजन्य स्रोतको बुद्धिमत्तापूर्ण उपयोगका लागि टेवा पु¥याउने ध्येयले नेपालमा रहेका स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रको संरक्षणका लागि रामसार महासन्धि, सन् १९७१; जैविक विविधता महासन्धि, सन् १९९२; जलवायु परिवर्तन महासन्धि, सन् १९९२ लगायतका सम्बद्ध अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौता मार्फत् नेपालले व्यक्त गरेका प्रतिबद्धता पुरा गर्दै सम्बन्धित अन्य विषयगत नीतिहरूको कार्यान्वयनमा पनि थप योगदान पुर्याउनेछ । यस नीतिको कार्यान्वयनबाट वन ऐन, २०४९ तथा वन नियमावली, २०५१, राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन, २०२९ तथा वन्य जन्तु संरक्षण नियमावली, २०३० लगायत कानूनहरूको पालना र नेपाल जैविक विविधता रणनीति सन् २००२ ले परिलक्षित गरेका उद्देश्य प्राप्तीका लागि ठोस योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
Wetland Policy 2069 Final_1526466553
Environment
