Forest

जडिवुटी एवं गैरकाष्ठ वन पैदावार विकास नीति, २०६१

Archive date: नेपाली · NepaliRecord 3828
हालसम्म पनि नेपालमा जडीबुटी एवं गैरकाष्ठ वन पैदावारहरुको उत्पादन एवं बेचबिखन जस्ता कार्यहरु असंगठित रुपमै हुने गरेको परिप्रेक्ष्यमा यसबाट प्राप्त हुने फाइदालाई अधिकाधिक तुल्याउन व्यापक एवं संगठित प्रयास गरी जडीबुटी खेतीलाई उद्योगकै रुपमा विकास गरी यसका अग्र एवं पृष्ठसम्बन्ध (Forward and backward linkages) लाई मजबुत रुपमा स्थापित गरी आर्थिक समृद्धिको आधारलाई अरु दरिलो र फराकिलो बनाउनु आवश्यक देखिएको छ । सरकारको सहयोगी एवं प्रबद्र्धनकारी भूमिकामा सर्वसाधारण किसान, साना, मझौला र ठूला उद्यमी एवं व्यापारीहरु लगायतका निजी क्षेत्र तथा सहकारी क्षेत्रको सक्रिय सहभागिताबाट मात्रै यस किसिमको परिकल्पनाले मूर्तरुप लिन सक्दछ । तसर्थ नेपालमा जडीबुटी खेतीको विकास र विस्तार एवं तज्जन्य क्रियाकलापहरु मार्फत आर्थिक अभिवृद्धिका सम्भावनाहरुलाई उजागर गर्ने सिलसिलामा सरकारी, गैरसरकारी एवं निजी क्षेत्रको भूमिकालाई परिभाषित गर्ने, जडीबुटी एवं गैरकाष्ठ वन पैदावारको उत्पादन कार्यमा ब्यवसायीकरण गर्ने र यस मार्फत नेपाल र नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरण गर्ने उद्देश्यले प्रस्तुत जडीबुटी एवं गैरकाष्ठ वन पैदावार विकास नीति, २०६१ लागू गरिएको छ । 11_NTFPPolicy_1526466471