Health

घरमा आधारित स्वास्थ्य सेवा मापदण्ड र कार्यविधि २०७६

Archive date: नेपाली · NepaliRecord 3873
स्तावना: राष्ट्रिय सेवा नीति- २०७६ को रणनिती ४.६.१२ तथा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा २४ को उपदफा ५ को मर्म बमोजिम जेष्ठ नागरिक, दीर्घरोग, प्रजनन स्वास्थ्य समस्या, दुर्घटनाबाट वा अन्य कुनै कारणबाट लामो समयसम्म हेरचार गर्नुपर्ने बिरामी वा घरमा नै आवश्यकता अनुसार स्वास्थ्य सेवा माग गर्ने कुनैपनि प्रकारका बिरामीहरुलाई सो स्वास्थ्य सेवा निज बसेको स्थानमा नै उपलब्ध गराउने कार्यलाई व्यवसायिक तथा जवाफदेही बनाउन, व्यवस्थापन र नियमन गर्न वाञ्छनीय भएकोले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ ले‌ दिएको अधिकार प्रयोग गरी मन्त्रालयबाट यो कार्यविधि तयार गरी जारी गरिएको छ । कागजात डाउनलोड गर्नुहोस्