General Administration

संगठन संरचना र दरबन्दी पुनरावलोकन सम्बन्धी संक्षिप्त कार्यविधि २०७६

Archive date: नेपाली · NepaliRecord 3879
नेपाल सरकारको प्रशासनिक संरचना संघीय प्रणाली अनुरूप रुपान्तरण गर्ने प्रथम चरणको कार्य केही हतार र समयको दबाबमा गर्नुपर्ने अवस्था रहेकोले र तिनै तहको संगठन तथा दरबन्दी स्वीकृत गर्ने कार्य एकैपटक कर्म पर्ने स्थितिमा संघीय सरकार अन्तर्गत रहेको संगठन तथा दरबन्दी हरुको अपेक्षित स्तरमा वस्तुनिष्ट र वैज्ञानिक बनाउन नसकिएको समेत अवस्था रहेको र समायोजन ऐन, २०७५ को दफा ३ को उपदफा (११) बमोजिम, " कर्मचारी समायोजनको कार्य सम्पन्न भएपछि नेपाल सरकारले संघ अन्तर्गतका निकायहरुको को संगठन संरचना र दरबन्दी पुनरावलोकन गर्नेछ " भन्ने व्यवस्था रहेको सन्दर्भमा नेपाल सरकारका सबै संगठन संरचना र दरबन्दी पुनरावलोकन गरी संविधान प्रवद्धन संघीय सरकारको अधिकारको सूची, कार्य विभाजन नियमावली, प्रचलित कानून बमोजिम प्रत्येक निकायले गर्नुपर्ने कार्य क्षेत्र (scope of work) त्यसको कार्यबोझ (work load) कार्यप्रकृति (Nature of work) बमोजिम संघीय सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र मातहत निकायको संगठन तथा दरबन्दी उपयुक्त आकारमा ल्याउने कार्य ( Right sizing) तत्काल अघि बढाउन आवश्यक देखिएकोले कर्माचरी समायोजन गर्ने उद्देश्यले गठन भएका संघीय निकायको संगठन तथा दरबन्दीका सम्बन्धमा वैज्ञानिक तथा वस्तुनिष्ठ विधद्वारा संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी सो समेतको आधारमा पुन: संरचना आवश्यक देखिएकोले सो कार्य अघि बढाइएको छ । कागजात डाउनलोड गर्नुहोस्