प्रस्तावना: सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा पछाडि परेका चीनसँग सीमा जोडिएका उच्च पहाडी क्षेत्रका जिल्लाहरुमा पुर्बधार बिकास जीवनस्तर सुधार कार्यक्रम सञ्चालन गरी ती क्षेत्रका आर्थिक र सामाजिक रुपमा पछाडि परेका वर्ग र समुदायका जनताहरूको सार्वजनिक सेवामा पहुँच अभिवृद्धि तथा जीवनस्तरमा सुधार ल्याउन आवश्यक कार्यक्रमहरूको तर्जुमा गरी संचालन र व्यवस्थापन गर्न वाञ्छनीय भएकोले, उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न विनियोजन ऐन, २०७६ को दफा ९ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको कार्यविधि बनाएको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Federal Affairs
