Energy

निर्माण सम्पन्न जलविद्युत आयोजनाहरुलाई प्रदान गरिने अनुदान सम्बन्धी कार्यविधि, २०७२

Archive date: नेपाली · NepaliRecord 3969
प्रस्तावना: माननीय अर्थमन्त्रीद्वारा प्रस्तुत तथा व्यवस्थापिका संसदबाट पारित आ.व. २०७१/७२ को बजेट वक्तव्यको " ऊर्जा: उज्यालो नेपाल समृद्ध नेपाल" शीर्षक अन्तर्गत को बुँदा नम्बर ६१ मा "आयोजनाहरु समयमा सम्पन्न गर्नका लागि आर्थिक वर्ष २०७९/८० सम्म बिद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने र निर्यात गर्ने विद्युत् उत्पादकहरुलाई १० वर्षसम्म पूरै र त्यसपछि पाँच वर्ष ५० प्रतिशत आयकर छुट दिने व्यवस्था गरिएको छ । यस्ता उत्पादकहरुले उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि प्रति मेगावाट रु.५० लाखको दरले एकमुष्ट अनुदान दिने व्यवस्था रहेको छ । आर्थिक वर्ष २०७४/७५ सम्म विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उत्पादकहरुलाई यस्तो अनुदानमा १० प्रतिशत थप गरिनेछ ।" भन्ने व्यवस्था भएकोमा सो अनुदान प्रदान गर्ने कार्य व्यवस्थित गर्न नेपाल सरकार ( ऊर्जा मन्त्रालय ) ले यो कार्यविधि बनाएको छ । कागजात डाउनलोड गर्नुहोस्