नेपाल सरकार (मन्त्रिपरिषद) को मिती २०७२/८/८ को निर्णयअनुसार देशको वर्तमान अवस्था र नेपाल सरकारको तत्कालको कार्यदिशा सम्बन्धी श्वेतपत्र जारी भएकोमा सो श्वेतपत्र अनुरूप उर्जा मन्त्रालयबाट उर्जा विकास कार्ययोजना, २०७२ तयार पारिएको थियो । कार्ययोजनालाई समावेश गरी अर्थ मन्त्रालयले एकीकृत कार्ययोजना लागू गरी कार्यान्वयनको चरणमा रहेको छ । उक्त एकीकृत कार्ययोजना को बुँदा नं. ८१ मा ऊर्जा संकटकाल घोषणा गर्ने कार्यक्रम रहेकोले विद्युत संकट निवारण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (२०६७) मस्यौदा समेतका आधारमा ऊर्जा संकट निवारण गर्न विद्यमान नीतिगत व्यवस्था, समस्या र त्यसका लागि अवलम्बन गर्न सकिने उपायहरुका बारेमा अध्ययन गर्न देहाय बमोजिमका विषयहरु समेटेर विश्लेषण गर्नु विभिन्न कार्य दलहरु गठन भएका थिए ।
कागजात डाउनलोड गर्नुहोस्
Energy
