Children

अपाङ्गता भएका बालबालिकाको संरक्षणको लागि स्थापना भएका बालगृहलाई अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७७

Archive date: नेपाली · NepaliRecord 4014
प्रस्तावना: नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन, २०७४ बमोजिम विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको संरक्षण गर्ने प्रयोजनको लागि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले आवश्यकताअनुसार बालगृहको स्थापना गर्न सक्ने व्यवस्था भए अनुरुप सबै स्थानीय तहमा यस्ता बालगृहहरु क्रियाशील नभएसम्मका लागि अस्पताल वा अन्य कुनै सार्वजनिक स्थलमा अलपत्र अवस्थामा छाडिएका वा फेला परेका र बुबाआमा बाट अलग्गिएका वा बुवा आमा पत्ता नलागी बेवारिस अपाङ्गता भएका बालबालिकाको संरक्षण गर्ने बालगृहलाई त्यस्ता बालबालिकाहरुलाई संरक्षण गरेबापत सहकार्य गरी आवश्यक अनुदान सहयोग रकम उपलब्ध गराई त्यस्ता बालबालिकाको पालनपोषण, हेरचाह तथा स्याहार गर्नु वान्छनीय भएकोले, बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ८६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले देहायका कार्यविधि बनाएको छ । कागजात डाउनलोड गर्नुहोस्