Education

राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ संक्षेपमा (नेपाली)

Archive date: नेपाली · NepaliRecord 4020
राष्ट्रिय शिक्षाको वर्तमान स्थिति र मूलभूत समस्याहरूको अवलोकन गर्दा के स्पष्ट भएको छ भने यसमा यथाशीघ्र सुधार गर्नुपर्ने आवश्यकता छ । तर सुधारको स्वरुप कस्तो हुनुपर्छ, राष्ट्रिय शिक्षा कुन दिशा र आयाम लिनुपर्छ भन्ने कुरा यस सन्दर्भमा विचारणीय छ । यस प्रसंगमा २०४६ को जनआन्दोलन र प्रजातन्त्रको पुनर्वहाली, २०४७ को नेपाल अधिराज्यको संविधान, राष्ट्रिय आकांक्षा र प्रतिबद्धता, समसामयिक अन्तर्राष्ट्रिय वातावरण र भविष्यलाई हेर्नु पर्ने हुँदा यी विभिन्न पक्षमा चिन्तन मनन गरी शिक्षाका राष्ट्रिय उद्देश्य निम्नलिखित अनुसार निर्धारित गर्नु वान्छनिय छ । कागजात डाउनलोड गर्नुहोस्