Drinking Water

जल उपयोग गुरु योजना तर्जुमा संक्षिप्त मार्गदर्शन-२०७३

Archive date: नेपाली · NepaliRecord 4051
बिरामी नेपालको जनजीविका र दिनचर्यामा पानीको महत्वपूर्ण भूमिका रहेको छ । उपभोग, कृषि, पशु तथा माछा पालन, ऊर्जा उत्पादन तथा घट्ट सञ्चालन आदि । ग्रामिण भेगमा बस्ने अधिकांश नेपालीहरुले आफ्नो गुजारा कृषिमै गर्दछन् । जब कुनै ठाउँ विशेषमा पानी प्रसस्त मात्रामा उपलब्ध हुँदैन एवं स्रोतहरू सुख्खायाममा सुक्न पुग्छन्, अब पानीका सदाबहार स्रोतहरूमा मानिसहरूको प्रतिस्पर्धात्मक दाबीका कारण द्वन्द्वहरु समेत सृजना हुन सक्दछन् ‌। समयक्रममा यि मामिलाहरुमा समुदायहरुले यशेष्ट सिकेका हुन्छन् । तर स्रोतहरूको उपयोगमा आएको परिवर्तनलाई बुझ्न उपलब्ध स्रोतहरूलाई विपन्न र जोखिममा रहेकाहरुको लगायत सबैको हितमा लगाउन आवश्यक  छ । यसका लागि एउटा निचोडमा नपुगुन्जेल छलफल परामर्श, तथ्यांक संकलन तत्पश्चात् पुन: छलफल अनि यसरी सहमति जुटाउन आवश्यक छ । यो सबैको समष्टिगत प्रक्रियाको रुपमै जल उपयोग गुरुयोजना हो । कागजात डाउनलोड गर्नुहोस्