विभिन्न जिल्लाहरुमा नयाँ विमानस्थल पनिर्माणको माग दिनानुदिन बढदै गइरहेको, तर राज्यको प्रशस्त स्रोत र साधनको लगानी गरी निर्माण भएका विमानस्थलहरु विविध कारणले गर्दा संचालनमा आउन नसकी बन्द अवस्थामा रहेका त्यस्ता विमानस्थलहरुको यथोचित संरक्षण र सम्बर्द्धन समेत नसकिरहेको विमानस्थलहरु निर्माण गर्दा वनजङ्गल क्षेत्र समेत पर्ने भएकाले वातावरण संरक्षणमा समेत समस्या आउन सक्ने देखिएको, संचालनमा रहेका कतिपय विमानस्थलहरु समेत यथोचित रुपमा प्रयोगमा आउन नसकी रहेको तथा राष्ट्र र समाजले विमानस्थलको यथोचित प्रयोग मार्फत पर्याप्त फाइदा समेत लिन नसकिरहेको वर्तमान सन्दर्भलाई मध्यनजर गरी आगामी दिनमा नयाँ विमानस्थलहरु निर्माण गर्दा आर्थिक, सामाजिक, व्यावसायिक, वातावरणीय पक्षमा समेत सबल र संभाव्य देखिने तथा दीगो रुपमा संचालनमा आउन सक्ने क्षेत्रमा मात्र विमानस्थल निर्माण गरी राज्यका सीमित स्रोत साधनको सदुपयोगमा ध्यान दिइनु आवश्यक भएकाले समेत आवश्यक र संभाव्य क्षेत्रमा मात्र विमानस्थल निर्माणको कार्यलाई प्राथमिकता दिने उद्देश्यले नयाँ विमानस्थल निर्माण सम्बन्धी मापदण्ड, २०७३ जारी गरिएको छ ।
272
Civil Aviation
