पर्यटन क्षेत्रको विकासबाट मुलुकको समग्र आर्थिक समुन्नतीको लागि विदेशी मुद्रा आर्जन तथा रोजगारीको अवसर बृद्धि गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल र सुदृढ बनाउने उद्देश्यले कुनै निकायले एक पटकमा सय जना भन्दा बढी हवाई मार्गबाट नेपाल आउने विदेशी राहदानीबाहकलाई सहभागी गराई सभा, सम्मेलन, गोष्ठि, बैठक वा अन्तर्क्रिया आयोजना गरेमा त्यस्ता आयोजकलाई सहयोग स्वरुप नेपाल सरकारका तर्फबाट रु. ५ लाख नगद अनुदान उपलब्ध गराउने आर्थिक वर्ष २०६७६८ को बजेट कार्यक्रममा उल्लेख गरिएको । उक्त अनुदान रकम सरल, सहज र पारदर्शी रुपमा उपलब्ध गराउने प्रयोजनको लागि नेपाल सरकारबाट "सय जना भन्दा बढी विदेशी राहदानीवाहक पर्यटक हवाई मार्गबाट भित्र्याउने निकायलाई दिईने अनुदान सम्बन्धी कार्यविधि, २०६८" तर्जुमा गरी लागू गरिएको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Tourism
